काठमाडौँ, ९ जेठ - बीस वर्षे एक युवतीलाई जागिरको प्रलोभन देखाई कलङ्कीस्थित आफ्नो कोठामा यौन शोषण गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको गोरखापत्र दैनिकमा खबर छ ।

पक्राउ पर्नेहरूमा कलङ्की डेरा गरी बस्ने मोरङ सिजुवा–८ घर भएका २९ वर्षीय राजेन्द्र पोखरेल र मोरङ विराटनगर घर भएका २४ वर्षीय अग्रज चौधरी छन् । अभियुक्त पोखरेल र चौधरीले गत वैशाख ३१ गते ती युवतीमाथि यौनशोषण गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार रामेछाप बेथान–५ घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ती युवतीलाई जागिरको लोभ देखाए कोठामा बोलाएका थिए । त्यसपछि ढोका थुनेर दुवै जनाले पालैपालो यौन शोषण गरेको आरोप पीडितको छ ।