०३ असार २०८३, बुधबार

जंगली जनावरबाट पीडितलाई ३९ लाख रुपैयाँ राहत

फागुन २७, २०७७
जंगली जनावरबाट पीडितलाई ३९ लाख रुपैयाँ राहत
प्रतिकात्मक तस्वीर

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जंगली जनावरबाट पीडित भएकालाई ३९ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्तिबापत रकम दिएको छ । 

आरक्ष कार्यालयले चालू आर्थिक वर्षको हालसम्ममा आरक्षबाट निस्केका जंगली जनावरबाट पीडित भएकालाई ३९ लाख ९ हजार ७११ क्षतिपूर्तिबापत रकम प्रदान गरेको आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । 

आरक्षको कार्यालयले जंगली जनावरको आक्रमणबाट मृत्यु भएका २ जनाको परिवारलाई १०/१० लाख रुपैयाँ गरेर जम्मा २० लाख, घाइते भएका ७ परिवारलाई ३ लाख ५३ हजार ७११, बालीनाली नष्ट भएका २११ परिवारलाई ९ लाख ९३ हजार ५००, घरगोठ क्षति गरेका ७९ परिवारलाई ४ लाख १८ हजार ५०० र भण्डारण गरेको अन्नपात क्षति भएबापत १ लाख ४४ हजार दिइएको संरक्षण अधिकृत रामले बताए ।

salt training

कमेन्ट गर्नुहोस्