२८ जेठ २०८३, बिहीबार

बालुवाटार बैठकमा भएन माधव नेपाल पक्षको प्रतिनिधित्व

फागुन २७, २०७७
बालुवाटार बैठकमा भएन माधव नेपाल पक्षको प्रतिनिधित्व

सत्ता साझेदारीका विषयमा एमाले र जनता समाजवादी पार्टीबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको बैठकमा माधव नेपाल पक्षको सहभागिता रहेन । बैठकमा माधव नेपाल पक्षलाई खबर नै नगरिएको बालुवाटार स्रोतले जनाएको छ । सो बैठकमा एमालेका ओली पक्षीय नेताको मात्रै सहभागिता रहेको थियो ।

तत्कालीन नेकपामा रहँदा प्रचण्डसँग मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध मोर्चाबन्दी गरेका नेपाल र उनीसहितको समूह सर्वोच्चले नेकपा विघटन गरिदिएपछि मात्रै एमालेमा फर्किएको हो । यद्यपी सो समूह र ओलीबीच हालसम्म पनि कुनै छलफल र सम्पर्क रहेको छैन ।
यही दृश्य आजको बालुवाटार बैठकमा पनि देखिएको हो ।

बैठकमा प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल लगायतका नेता तथा जसपा अध्यक्ष ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो अशोक राई लगायत नेता सहभागी थिए । बैठकमा जसपाका नेताहरुले आफूहरुको माग पूरा भएपछिमात्रै सरकारमा सहभागी हुने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्