
सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग तथा बिरामी भएका श्रमिकको व्यवस्थापनमा ५३ करोड रुपैयाँ खर्च गरेको छ ।
वैदेशिक रोजगार बोर्डले चालू आर्थिक वर्षको फागुन अन्त्यसम्ममा ५३ करोड ४० लाख २२ हजार रुपैयाँ सहायता वितरण गरेको हो । यो खर्च गत वर्षको सम्पूर्ण खर्चभन्दा धेरै हो । गत वर्ष बोर्डले ५३ करोड ९ लाख रुपैयाँ खर्च गरेको थियो । कोरोना संक्रमण र मृत्यु भएका श्रमिकले पाउने सहायताको दायरा बढाएपछि चालू आवको ८ महिनामा नै गत वर्षको १२ महिनामा भएको भन्दा बढी खर्च दायित्व बढेको खबर कारोबार दैनिकमा छापिएको छ ।