काठमाडौं, ९ जेठ— काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । मंगलबार विहानको अपडेटअनुसार एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ ।

उनले ३७३७० मत ल्याउँदा कांग्रेसका राजुराज जोशीले २७७०९, विवेकशील नेपालीकी रञ्जु दर्शनाले १४४४९ र साझा पार्टीका किशोर थापाले १०१७४ मत ल्याएका छन् ।