१२ असार २०८३, शुक्रबार

रेशम चौधरी रिहाइको माग ओली सरकारलाई समर्थनको शर्तमा होइनः बाबुराम भट्टराई

फागुन २९, २०७७
रेशम चौधरी रिहाइको माग ओली सरकारलाई समर्थनको शर्तमा होइनः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइको माग ‘प्रतिगमनकारी ओली सरकारलाई समर्थन’को शर्तमा नभएको बताएका छन् । उनले यस्तो शर्त हुनै नसक्ने पनि ठोकुवा गरेका छन् ।
‘रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुनसक्दैन’, भट्टराईले ट्वीटरमार्फत भनेका छन् ।
जसपाकै एक समूहले ओली सरकारमा सहभागी हुन लविङ गरिरहेको बेला भट्टराईबाट यस्तो धारणा आएको हो ।
भट्टराईले ‘एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुनसक्छन् भने थारूको मात्र किन नहुने ?’  भन्दै कोही पनि भ्रम्मा रहन जरुरी नभएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्