०३ असार २०८३, बुधबार

खोप खरिद प्रक्रियामा निजी क्षेत्रलाई सहभागी गराइँदै

फागुन २९, २०७७
खोप खरिद प्रक्रियामा निजी क्षेत्रलाई सहभागी गराइँदै

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा सरकारले कमिसन नदिने बताएका छन् । नेपालले कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिन भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग थप ५० लाख डोज खोप खरिद गर्न चाहँदा कमिसनको प्रयास भइरहेको सन्दर्भमा मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।  

खोप खरिदमा सुशासनको पक्ष चुनौतीपूर्ण रहेको स्वीकार गर्दै उनले भने, ‘कमिसन एजेन्ट बलिया हुँदा रहेछन् । तर हामी खोप खरिदमा कमिसन दिनेवाला छैनौं ।’ मन्त्री त्रिपाठीले यसअघि सेरमबाट सहुलियत मूल्यमा प्रतिडोज ४ अमेरिकी डलरमा खोप उपलब्ध भएको तर अबको खरिदमा प्रतिडोज खोपको मूल्य ५ र ६ अमेरिकी डलर पर्न सक्ने बताए ।  

उनले सरकारले खोप खरिद प्रक्रियामा निजी क्षेत्रलाई एकदुई दिनमै सहभागी गराउन लागेको पनि बताए । नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्