०७ साउन २०८३, बिहीबार

जब गुडिरहेको रेलमा अचानक लाग्यो आगो...

फागुन २९, २०७७
जब गुडिरहेको रेलमा अचानक लाग्यो आगो...

भारतको नयाँ दिल्लीबाट देहरादून गइरहेको एक रेलमा अचानक आगलागी भएको छ ।

रेलको एक बक्समा आगलागी हुँदा सबैतिर आगो फैलिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आगलागी हुुने बित्तिकै सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको बताइएको छ । 

आगोलागीको कारणबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । 

उत्तराखण्डको प्रहरी महानिर्देशक अशोक कुमारले आगलागी शताब्दी एक्सप्रेस रेलमा भएको जानकारी दिएको सञ्चारमाध्यमले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्