०१ असार २०८३, सोमबार

छिट्टै निर्णयका लागि नेतृत्वलाई दबाब दिन जसपाका १२ सांसदको भेला

चैत १, २०७७
छिट्टै निर्णयका लागि नेतृत्वलाई दबाब दिन जसपाका १२ सांसदको भेला

राजनीतिक निकासका लागि अविलम्ब निष्कर्षमा पुग्न नेतृत्वलाई दबाब दिने उद्देश्यले जनता समाजवादी पार्टी (जसपा)का १२ सांसद भेला हुँदैछन् । संसदीय दलको कार्यालय सिंहदरबारमा भेला गरेर निकासका लागि दबाब दिन लागिएको सांसद प्रमोद साहले लोकान्तरलाई जानकारी दिए । 

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग कार्यदल गठन गरेर वार्ता भइरहेको समयमा नेतृत्वले निकासका लागि ढिला गर्न नहुने उनीहरूको भनाइ छ ।

उमाशंकर अरगरिया, प्रमोद साह, मोहम्मद इस्तियाख राई, रामबाबु कुमार यादव, नरमाया ढकाल, प्रदीप यादव, रानी मण्डल, राजदुलारी खत्वे, एकवाल अहमद, रुहिनाज खातुन, अमृता अग्रहरि र चन्द्रकान्ता चौधरी छन् । 
दुवै पक्षसँग भएको वार्ताबारे जानकारी गराएर एउटा निष्कर्षमा पुग्न दबाब दिइने सांसद साहले लोकान्तरलाई जानकारी दिए । 

यसैबीच, सरकारसँग सहमति खोज्न गठित कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले रेशम चौधरीको रिहाइ लगायतका विषयमा सरकारले तयारी थालिसकेको सांसदहरूलाई ब्रिफिङ गरेका छन् । 

संसदीय दलमा उपस्थित सांसदहरूलाई नेता कर्णले सरकार पक्षले आफ्नो काम शुरू गरेपनि पार्टीका तर्फबाट निर्णयमा ढिलाई भएको बताएका एक सांसदले लोकान्तरलाई बताए । 

सहमतिको खाका बनाउन जसपाबाट कर्णसहित दुईजना तथा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलसहित तीनजनाको कार्यदल बनेको छ । 

कार्यदलले विभिन्न चरणमा छलफल समेत गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्