२१ असार २०८३, आइतबार

अमेरिकामा हिमपात, डेन्भरमा दुई हजार उडान रद्द

चैत १, २०७७
अमेरिकामा हिमपात, डेन्भरमा दुई हजार उडान रद्द

अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन् । 

अत्यधिक हिमपातका कारण सप्ताहन्तमा ती उडानहरु रद्द भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएका हुन् । 

राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पूर्वानुमान गरिएको जनाएको छ ।  

हिमपातले प्राकृतिक प्रकोप तथा दुर्घटना गराउन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न सरकारी निकायहरुले सबैलाई आह्वान गरेका छन् । 

उनीहरुले चिसो तथा हिउँबाट बच्न उच्च सतर्कता अपनाउन र दैनिक गतिविधिहरु गर्दा पनि सुरक्षाका उपायहरु अपनाएर मात्रै गर्न आग्रह गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्