३१ असार २०८३, बुधबार

सानो किसमिसको ठूलो फाइदा

बैशाख २२, २०७८
सानो किसमिसको ठूलो फाइदा

किसमिसले स्वास्थ्यलाई गर्ने लाभहरू धेरै छन् । यसमा हुने क्याल्सियम, आइरन र फाइबरले शरीरमा रगतको कमी हुन दिँदैन । यसलाई पानीमा भिजाएर त्यो पानी पिउँदा पनि शरीरलाई फाइदा हुन्छ । 

खासमा किसमिस पानीमा भिजाएर खाएको राम्रो हुन्छ । रातभरि किसमिस भिजाएर राख्ने अनि बिहान उठेर खाली पेट पिउने गर्नाले स्वास्थ्यलाभ हुन्छ । 

किसमिसको नियमित सेवनले पाचनशक्ति बढाउँछ । एक गिलास पानीमा १२ किसमिस भिजाएर खाँदा पेट सफा हुन्छ । 

पातला मान्छेले दिनदिनै किसमिस सेवन गर्नुपर्छ । यसले सही तौल दिलाउनुका साथै ऊर्जा पनि बढाइदिन्छ । 

शरीरमा क्यान्सरका कोशिकाहरू पनि यसले बन्न दिँदैन । 

सास गनाउने समस्या भएका मानिसलाई किसमिस सेवनले फाइदा गर्छ । 

किसमिसमा हुने प्राकृतिक चिनीले मधुमेहका रोगीलाई पनि फाइदा गर्छ । यसले इन्सुलिन नियन्त्रणमा राख्छ । 

उच्च रक्तचाप भएकाहरूलाई यसले फायदा गर्छ । पोटेसियमले हाइपरटेन्सनबाट जोगाउँछ । 

यसमा भएको आइरनले रक्ताल्पताबाट बचाउँछ । अनि यसमा भएको कपरले रक्तकोशिका बनाउँछ र रगतको कमी हुन दिँदैन । 

किसमिसमा भएको पोटेसियमले हाड बलियो बनाउँछ । 

salt training

कमेन्ट गर्नुहोस्