१४ असार २०८३, आइतबार

वातावरण संरक्षण र पर्यापर्यटन विकासलाई प्राथमिकता : नेपाली सेना

चैत २, २०७७
वातावरण संरक्षण र पर्यापर्यटन विकासलाई प्राथमिकता : नेपाली सेना

नेपाली सेनाले पछिल्ला दिनमा वातावरण संरक्षण तथा पर्यापर्यटन विकास र विस्तार कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

सेना दिवसका अवसरमा पर्सा राष्ट्रिय निकुुञ्जलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने ध्येय सेनाले  निजगढ र जितपुुरका स्थानीय तहको सहकार्यमा ‘आधाभार–हात्तीसार जङ्गल फायरलेन क्रस कन्ट्री  ५५ किमी साइक्लिङ २०७७ ’आयोजना गर्‍यो ।

कार्यक्रमको समापनका अवसरमा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले राष्ट्रिय निकुुञ्जलाई पर्यटन गन्तव्यका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक कार्यक्रम घोषणा हुन आवश्यक रहेको बताए ।

‘निकुुञ्ज क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न सके स्थानीयबासीको जीवनस्तर उकास्न योगदान पुुग्छ, राज्यको समेत आयस्रोत बढ्छ,’ उनले भने ।

जिल्लास्थित पर्यटन बोर्ड, होटेल एसोसिएशन र साइक्लिनिङ राइडरको  समन्वय र सहकार्यमा आयोजना गरिएको ५५ किमी दूरीको उक्त कार्यक्रममा पूूर्वप्रधानसेनापति गौरवशम्शेर जवरा, विश्व साइकल यात्री तथा मुुलुकको पर्यटन क्षेत्रमा आबद्ध संघसंस्थाका प्रतिनिधि सहभागी थिए । साइकल दौडमा २२० सहभागी थिए ।

सेना दिवसकै अवसरमा ४ नम्बर बाहिनी अड्डाले बाँके र बर्दियाको पर्यापर्यटन, प्रकृति संरक्षण प्रवद्र्धन, प्रचारप्रसार एवं वतावरण संरक्षणसम्बन्धी जनचेता अभिवृद्धि गर्ने उद्देश्यले २१ किमी दूरीको प्रकृति संरक्षण दौडको आयोजना गर्‍यो । प्रतियोगितामा पुुरुषतर्फ शिवबहादुर रायमाझी प्रथम, भेषराज बास्तोला द्वितीय र ललित शाही तृतीय भए । महिलातर्फको १० किलोमिटर दूरीको प्रतियोगितामा रोजिना भण्डारी प्रथम, सीता चौधरी द्वितीय र पूूर्णिमा खडकाले तृतीय स्थान प्राप्त गर्न सफल भइन् ।

salt training

कमेन्ट गर्नुहोस्