०८ असार २०८३, सोमबार

लोकान्तर समाचार प्रभाव : साडेपानीकी निरुतालाई कृत्रिम खुट्टा, निःशुल्क शिक्षाको आश्वासन

चैत २, २०७७
लोकान्तर समाचार प्रभाव : साडेपानीकी निरुतालाई कृत्रिम खुट्टा, निःशुल्क शिक्षाको आश्वासन

कैलालीको घोडाघोडी नगरपालिका– २ साडेपानीकी निरुता भण्डाराले अपांगता सहायता सामग्री पाएकी छन् ।

लोकान्तर डट्कममा शनिवार उनको प्रेरणादायी कथा प्रकाशित भएपछि अपांगता सहायता प्रतिष्ठान कैलालीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय कैलालीले उनलाई सहायता सामग्री प्रदान गरेको हो । 

‘मैले खुट्टा पाएँ, अहिले हिँडडुल गर्न निकै सहज भएको छ,’ निरुताले भनिन्, ‘मलाई पढाइमा मेहनत गर्न पनि थप साहस मिलेको छ । निःशुल्क पढाइदिने आश्वासन पनि दिएका छन् ।’

उनलाई थप सहजता होस् भन्नका लागि प्लास्टिकको खुट्टा उपलब्ध गराएको स्वास्थ्य कार्यालय कैलाली प्रमुख लालबहादुर धामीले बताए । 

उनले निरुतालाई निःशुल्क शिक्षाका लागि पनि पहल गर्ने बताए ।

‘यस वर्ष बजेट कम भएकाले सबैलाई सहायक सामग्री प्रदान गर्न सकेनौं’, धामीले भने, ‘आगामी वर्ष सबै अपाङ्गता भएका व्यक्तिको घरदैलोमा नै सहायता सामग्री पुर्‍याउनेछौँ ।’

पढ्नुहोस्, यो पनि :

दुवै खुट्टा गुमाएकी साहसी निरुता : पढाइमा सफल भए जागिर कसो नमिल्ला र ?

अपाङ्गता सहायता सामग्री वितरण गर्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले निरुतालाई निःशुल्क पढाइको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

आइतबार निरुतासँगै एक दर्जन बढीले कृत्रिम हातखुट्टा, ३ जनाले ह्वीलचेयर, तीन जनाले ह्वाइट क्यान स्टिक, दुई जनाले एल्बो छडी लगायतका सामग्री पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्