३१ असार २०८३, बुधबार

धुम्बाराहीमा भएको छलफलबारे आफूपक्षीय नेतालाई ब्रिफिङ गर्दै माधव नेपाल

धुम्बाराहीमा भएको छलफलबारे आफूपक्षीय नेतालाई ब्रिफिङ गर्दै माधव नेपाल
फाइल फोटो

नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिउँसो भएको भेटवार्ताबारे आफूपक्षीय नेताहरूलाई ब्रिफिङ गर्दैछन् । 

ब्रिफिङका लागि नेता कार्यकर्तालाई अपराह्न ४ बजे बानेश्वरको एक होटलमा बोलाइएको छ । 

बुधवार र बिहीवारका लागि बोलाइएको कार्यकर्ता भेलाको तयारी र दिउँसो ओलीसँग भएको छलफलबारे ब्रिफिङका लागि बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

अध्यक्ष ओली पक्षसँग मध्याह्न पार्टी कार्यालयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको थिएन ।

बैठकमा सहभागी नेपालपक्षीय नेता भीम रावलका अनुसार फागुन २८ गतेका निर्णय खारेज गर्नुपर्ने प्रस्तावमा ओली सहमत नभएपछि बैठक निष्कर्षमा पुग्न सकेन । 

ओली पक्षले भने फागुन २८ गतेको निर्णयबारे आगामी केन्द्रीय कमिटी बैठकमा छलफल गर्न सकिने बताएको थियो ।

ओली पक्षले चैत्र ४ र ५ गतेका लागि बोलाइएको कार्यकर्ता भेला स्थगित गर्न माग गरेको छ ।

माधव नेपाल पक्षीय अर्का नेता सुरेन्द्र पाण्डेले बुधवारका लागि बोलाइएको कार्यकर्ता भेला स्थगित नहुने लोकान्तरलाई बताए ।

salt training

कमेन्ट गर्नुहोस्