०८ असार २०८३, सोमबार

राष्ट्रपतिले बोलाइन् संसदमा रहेका दलहरुलाई छलफलमा

राष्ट्रपतिले बोलाइन् संसदमा रहेका दलहरुलाई छलफलमा


राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई छलफलका लागि बोलाएकी छिन् । राष्ट्रपतिले मंगलबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठकका रुपमा राष्ट्रपति कार्यालय बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

देशमा राजनीतिक संकट चुलिइरहेको बेला राष्ट्रपतिले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई छलफलमा बोलाएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेयता राजनीतिक खिचातानी चलिरहेको छ । सर्वोच्च अदालतले फागुन ११ मा प्रधानमन्त्रीको कदम असंवैधानिक  ठहर गरेपनि फागुन २३ मा सर्वोच्च अदालतले फेरि नेकपा विघटन गरिदिएपछि सरकार नै धरापमा परेको छ । सर्वोच्चको फैसला अनुसार एमाले र माओवादी केन्द्र ब्युतिएपछि माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउने पहल गरिरहेको छ भने एमालेभित्रैपनि तीव्र मतभेद रहेको छ ।

दलहरुदलाई छलफलमा बोलाएर राष्ट्रपतिले राजनीतिक अन्योलतालाई निकाश दिन आग्रह गर्ने बताइएको छ ।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल एमाले रहेको छ भने काँग्रेस, माओवादी केन्द्र र जसपा क्रमशः दोस्रो, तेस्रो र चौथो हैसियतमा रहेका छन् । यस्तै जनमोर्चा र राप्रपाका सांसद स्वतन्त्र हैसियतमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्