
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिस्ट आन्दोलनमा रहेका हानिकारक विचारलाई त्याग्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले कुवाको भ्यागुतो जति उफ्रे पनि कुवामै पर्ने उनले जनाएका छन् ।
उनले लेखेका छन्, ‘कुवाको भ्यागुतो जति उफ्रे पनि कुवैमा भनेझैं कम्युनिस्ट आन्दोलनका कतिपय पुराना, कतिपय गलत, कतिपय नेपालको ठोस परिस्थितिमा हानिकारक सावित भइसकेका विचार, मान्यता, प्रणाली त्यागेर समग्र अग्रगामी परिवर्तनकारी आन्दोलनलाई पुनःसंरचना गर्ने सोंच/आँट नभएसम्म जति चिरा परे पनि हुन्न है, कणहरू !’
कुवाको भ्यागुतो जति उफ्रे पनि कुवैमा भने झैं कम्युनिष्ट आन्दोलनका कतिपय पुराना,कतिपय गलत,कतिपय नेपालको ठोस परिस्थितिमा हानिकारक सावित भैसकेका विचार,मान्यता,प्रणाली त्यागेर समग्र अग्रगामी परिवर्तनकारी आन्दोललाई पुनर्संरचना गर्ने सोंच/आॅट नभएसम्म जति चिरा परे पनि हुन्न है,कणहरू!
— Baburam Bhattarai (@brb1954) March 16, 2021