
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आगामी वैशाखमा हुने पार्टी महाधिवेशनमा लाग्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले सबै तहका इकाईहरूको गठन र सक्रिय सदस्य बनाउने कार्य पूरा गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘आगामी वैशाखमा हुने राप्रपा महाधिवेशन पार्टीलाई देशको अग्रणी शक्ति बनाउने, हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने एवं सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा ऐतिहासिक कोशेढुंगा हुनेछ । महाधिवेशनलाई समयमै सम्पन्न गर्न सबै तहका इकाईहरूको गठन र सक्रिय सदस्य बनाउने कार्य पूरा गरौं ।’
आगामी बैशाखमा हुने राप्रपा महाधिवेशन पार्टीलाई देशको अग्रणी शक्ति बनाउने,हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनागर्ने एवं सुशासन र आर्थिक समृद्धि हासिलगर्ने दिशामा ऐतिहासिक कोशेढुंगा हुनेछ।महाधिवेशनलाई समयमै सम्पन्न गर्न सबैतहका ईकाईहरूको गठन र सक्रिय सदस्य बनाउने कार्य पुरा गरौं pic.twitter.com/XRaRzgjMEJ
— Kamal Thapa (@KTnepal) March 18, 2021