०७ असार २०८३, आइतबार

सर्वाेच्च अदालतको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भा’छ : प्रचण्ड

सर्वाेच्च अदालतको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भा’छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नाम विवादमा सर्वोच्च अदालतले गरेको फैसलाले टाउकोमा ड्याम्मै हानेको बताएका छन् ।

बिहीवार सिन्धुलीमा नेता तथा कार्यकर्तासँगको छलफलमा प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापनापछि लडाइँ जितिएको ठानिएका बेला सर्वाेच्चको अर्काे फैसलाले टाउकोमा हानेको बताए ।

‘केपी ओली छट्पटाइरहेका बेला, हामी त ठूलो लडाइँ जितियो भनेझै गरी रिल्याक्स गरेको बेलामा फेरि सर्वोच्चले पार्टी फुटाइदिएर टाउकोमा ड्याम्म हानेको जस्तो भा’छ,’ उनले भने, ‘हामी अझै राजनीतिक लडाइँमा छौं ।’

कमेन्ट गर्नुहोस्