०८ असार २०८३, सोमबार

ललितपुरमा आगलागी हुँदा ७६ वर्षीया वृद्धाको मृत्यु

चैत ५, २०७७
ललितपुरमा आगलागी हुँदा ७६ वर्षीया वृद्धाको मृत्यु
प्रतिकात्मक तस्वीर

ललितपुरमा आगलागीबाट बिहीवार १ वृद्धाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै १ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
 
गर्मी बढेसँगै अब आगालागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका २ हजार बढी घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । 

घटनामा ३३२ जना घाइते भएका छन् । आगलागीबाट १ अर्ब ५९ करोड रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्