१२ असार २०८३, शुक्रबार

सहुलियतपूर्ण कर्जाको ‘रिपोर्टिङ’ गर्न निर्देशन

चैत ७, २०७७
सहुलियतपूर्ण कर्जाको ‘रिपोर्टिङ’ गर्न निर्देशन

लक्षित वर्गमा पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा तथा व्यावसायिक निरन्तरता कर्जा पुगे नपुगेको रिपोर्टिङ गर्न नेपाल राष्ट्र बैङ्कले मातहतका निकायलाई निर्देशन दिएको छ ।

कोभिड–१९ कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण एवं आर्थिक पुनरुत्थानका लागि कार्यान्वयन गरिएको कर्जा सही ठाउँमा पुगे नपुगेको अनुगमन गर्ने राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई रिपोर्टिङ गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैङ्कबाट इजाजत प्राप्त क, ख, ग र घ वर्गका बैङ्कहरूलाई यस्तो निर्देशन दिएको हो । निर्देशनअनुसार सात दिनभित्र सबै बैङ्कलाई रिपोर्टिङ गर्न भनिएको छ । राष्ट्र बैङ्कले सूचनासँगै रिपोर्टिङको ढाँचासहितको नमुनापत्र सार्वजनिक गर्दै विवरण भरी रिपोर्टिङ पोर्टलमा रिपोर्ट गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

आयात गर्ने सीमा बढ्यो
राष्ट्र बैङ्कले डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डीएपी) र डकुमेन्ट अगेन्स्ट असेप्टेन्स (डीएए)मार्फत गरिने आयात रकमको सीमा बढाएको छ ।

परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकहरूबाट प्रतीतपत्रबाहेक डीएपी र डीएएको माध्यमबाट आयात गर्दाको सीमा बढाएको हो ।

पचास हजार अमेरिकी डलरको सीमालाई बढाई एक लाख पु¥याएको केन्द्रीय बैङ्कले भारतबाहेकका देशबाट वस्तु तथा सेवा आयात गर्ने आयातकर्ताहरूका लागि थप सहजीकरण गर्दै रकमको सीमा बढाएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्