मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
आजभन्दा १५ वर्षअघिको कुरा हो । २०६२ सालको मध्यतिर रुकुमको चुनवाङमा माओवादी केन्द्रीय कमिटीको बैठक बसेको थियो । भूमिगत दिलमाया रोका ‘दीपा’ त्यसबेला सांस्कृतिक कार्यक्रममा नियमित सहभागी हुन्थिन् ।
बैठकमा केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यको सहभागिता थियो । त्यसबेला प्रचण्ड, बाबुराम लगायत नेताका आँखा रसाए, जतिबेला दिलमायाले १४ महिनाकी छोरी काँखमा लिएर ‘ओपेरा’ ओर्लिइन् ।
नाटकको सन्देश थियो, युद्ध निष्कर्षमा पुर्याउने र नेताहरूबीच चिसिएको सम्बन्ध मजबुत बनाउने ।
यसबीचमा समय धेरै फेरियो । उनै दिलमाया गण्डकी प्रदेशसभा सांसद छिन् । त्यसदिन नेताहरू रुवाउने त्यो प्रस्तुति उनको आँखामा अझै झल्झली आउँदो रहेछ । जनयुद्धताका यसप्रकारका घटनाका किस्सा–किस्सा उनले बोकेकी छन् ।
बागलुङको ताराखोला (साविक अर्गल गाविस) मा २०४१ सालमा जन्मेकी ‘माननीय’ सांसद दिलमायासँग जनयुद्धका दिन, जुनयुद्धकै बेला पति गुमाएको क्षण, सांसद बनेर प्रदेश सभामा पाइलाको अनुभव त छँदैछ, अहिले उनी कोसेली घरको सञ्चालक समेत बनेकी छन् ।
पोखरा महानगरपालिका–१० बुद्धचोकमा नै माननीयले १० लाख रुपैयाँ लगानीमा ‘ताराखोला अग्र्यानिक कोसेली घर’ सञ्चालनमा ल्याएकी छन् । पसलमा साहुनी बनेकी दिलमाया संसद चल्दा प्रदेश सभामा भेटिन्छिन् भने पार्टीको कार्यक्रम, भेला, बैठक लगायत भेटघाटमा समय मिलाउँछिन् ।
‘मेरो सोच सानैदेखि आत्मनिर्भर बन्नुपर्छ भन्ने थियो । त्यसैले स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुग्ने हेतुले पसल सञ्चालनमा ल्याएकी हुँ,’ उनले भनिन्, ‘यहाँ अग्र्यानिक उत्पादनलाई प्राथमिकता दिने गरेकी छु । विशेषगरी बागलुङ, पर्वत, मुस्ताङ, मनाङ, म्याग्दीमा उत्पादित वस्तु बिक्रीका लागि राखिएका छन् ।’
उनका अनुसार पसलमा बागलुङ ताराखोलकै घ्यूँ, तोरीको तेल, कोदोको पिठो, मकैको च्याख्ला, फापरको पिठो, उवाको सातु, जौको सातु, अलैंची, भाङ्गो, टिंमुर, मुलाको चाना, कोइरा, भुटेको मकै, विभिन्न प्रकारका दाल, आलु, च्याउ, बेसार, अनदीको चामल, चिउरा, मेथी छन् ।
मुस्ताङको जिम्मु, कास्कीको क्षेत्रदीप अन्नपूर्णको ट्राउट माछा, म्यादीको बदाम पनि वाईयुके मिनी मार्केटको स्टल नम्बर १९ मा लहरै सजाएर राखिएको छ ।
स्थानीय उत्पादनको बजारीकरण पनि हुने, आयआर्जन पनि हुने भएकाले आफूले शुरूआत गरेको कोसेली घरबाट आफू सन्तुष्ट रहेको उनले सुनाइन् । आगामी दिनमा अझ विस्तार गर्दै जाने उनको योजना छ । पसलमा आफू नहुँदा भाइ, बहिनी र छोरीले सघाउँछन् ।
... ...
बुवा खरबहादुर रोका र भूमि रोकाका ४ छोराछोरीमा दिलमाया जेठी छोरी हुन् । उनका दाइ, भाइ र बहिनी छन् । घरको आयस्रोत न्यून थियो । खेतीकिसानी गरेरै गुजारा चल्थ्यो । २०५२ सालमा जनयुद्ध शुरू हुँदा उनी मात्र ११ वर्षकी थिइन् । त्यसबेला उनलाई सशस्त्र जनयुद्ध शुरू भएको त्यति जानकारी नभए पनि माओवादीका कार्यकर्ताले गर्ने विभिन्न कार्यक्रममा नाचगानमा सरिक हुन थालिन् ।
२०५४ सालमा १३ वर्षकी छँदा उनी मात्र ५ कक्षामा पढ्थिन् । बीचमा भाइको रेखदेख गर्नुपर्ने हुँदा २ वर्षसम्म पढाइ अघि बढाउन नसक्दा पढाइ ढिलो भयो । ताराखोला जनजातिको बढी भएको क्षेत्र हो । माओवादीले त्यसबेला त्यो ठाउँलाई उर्वरभूमिको रूपमा मान्थे ।
दिलमायालाई सम्झना छ – आमाले मकैबारीमा काम गर्दा बारीको छेउमा बसेर गीत गुनगुनाएको । बिस्तारै माओवादीको प्रभाव पर्दै थियो । गुन्द्री बोकेरै नाचगान सिक्न जान्थिन् । पछि नाच्न गाउन सिकिन् ।
त्यसबेला विश्वास सांस्कृतिक परिवारले १५ दिनको तालिम दिएको थियो । त्यसैक्रममा २०५६ पुस २४ गते उनी पढाइ चटक्कै छाडेर भूमिगत बनिन् । त्ससबेला उनी ६ कक्षामा पढ्थिन् । विभिन्न अभियानमा हिँडिन् । धौलागिरि जागरण अभियानमा पनि लागिन् । पछि पश्चिम सशस्त्र विस्तार अभियान सञ्चालन भयो । अभियानमा लाग्ने क्रममा ६ कक्षाको परीक्षा छुट्यो । विद्यालयले उनलाई मात्र राखेर परीक्षा दिलायो ।
विभिन्न बाल संगठनमा पनि संयोजक भएरै काम गरिन् । प्रतिभा सांस्कृतिक परिवार र सामना सांस्कृतिक परिवारमा लागेर आधा दर्जन बढी एल्बम पनि निकालिन् । पहिलो पटक २०५७ मंसिर ८ गते धुवाखोला चौकी आक्रमणमा गइन् । त्यतैबाट उनी पश्चिमतर्फ लागिन् । रोल्पा–रुकुम उनको कार्यक्षेत्र बन्यो ।
२०५७ सालमै उनका मामा जनयुद्धको बेला शहीद भएको उनको मस्तिष्कमा अमिट छाप लियो । भर्वराउँदो उमेरमा उनी जनयुद्धमा पूर्णरूपमा होमिइन् । त्यसबेला पार्टीको प्रायः भेला, प्रशिक्षण रुकुम रोल्पामै हुन्थ्यो । २०५७ देखि २०६२ सालसम्म उनी त्यतै बसिन् । बागलुङ फर्किने अवस्था थिएन । कसैले सुराकी लगाउने पो हो कि भन्ने भय हुन्थ्यो ।
त्यसबेला उनी कहिलेकाहीँ मात्र हिँडेरै बागलुङ आउँथिन् र अत्यन्तै सजकताका साथ रुकुम–रोल्पा जान्थिन् । यता २०५८ साउन १ गते उनले बागलुङ अर्गलमै चित्रबहादुर घर्ती ‘चिरण’सँग जनवादी विवाह गरेकी थिइन् । दाम्पत्य सम्बन्धबाट २०६० चैत २० गते छोरीको जन्म भयो । उनले रुकुमको उवामा छोरीको जन्म दिएकी हुन् । २०६१ सालमा खारा आक्रमणमा उनले पति गुमाउन पनि पुगिन्, बज्रचोट पर्यो ।
यता छोरी सानी थिइन् । जनयुद्धताका छोरीको राम्रोसँग स्याहारसुसार हुन सक्दैन्थ्यो । तैपनि जसोतसो छोरी हुर्काउँदै थिइन् ।
त्यसैक्रममा २०६२ सालमा चुनवाङ बैठक बस्यो । उनले सांस्कृतिक परिवारकै सदस्यहरूको सल्लाहमा नेताहरूलाई आपसमा मिल्न र युद्धलाई निष्कर्षमा पुर्याउन छोरी बोकेरै नाटकमार्फत सबैको मन जितेकी हुन् ।
त्यहीँ बैठकबाट माओवादीले युद्ध बिसाउने संकेत गरेको देखिन्छ । चुनवाङ बैठकले नै पहिलो पटक लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेको हो । यसअघिसम्म माओवादीले जनवादी गणतन्त्रको नारा उठाउँदै आएको थियो ।
त्यसलगत्तै २०६२/०६३ को जनआन्दोलन भयो । १२ बुँदैकै धरातलमा टेकेर राजनीतिले कोल्टे फेर्यो । दिलमायाजस्ता लडाकुहरूले हतियार बिसाए । कोही कता लागे, कोही कता । उनी भने आफ्नै गाउँघर ताराखोला फर्किइन् । २०६४ फागुनमा कर्णबहादुर गौतम ‘विद्रोही’सँग दोस्रो बिहे भयो । दोस्रो दाम्पत्य सम्बन्धबाट थप १ छोरा र १ छोरी जन्मिएका छन् । पछि २०६७ सालमा एसएलसी उत्तीर्ण गरिन् र उच्च शिक्षाका लागि सदरमुकाम बागलुङ बजार आइन् ।
उच्च शिक्षा अध्ययनपछि उनले त्यहीँको यूएस एकेडेमीमा पढाउन थालिन् । छोराछोरी हुर्किंदै थिए । उनलाई राजनीतिप्रति वितृष्णा लागेछ । २०७० सालको निर्वाचन बहिष्कार गरेको वैद्य समूहमा आवद्ध भइन् । केही समयपछि त्यता पनि छाडिन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रले समानुपातिक कोटामा उनको नाम पनि पठायो, विगतमा उनको योगदानको कदर गर्दै । नभन्दै उनी माननीय बन्न सफल भइन् ।
आफ्नै पसलमा लोकान्तरसँग विगत स्मरण गर्दै दिलमायाले हालसम्मको अवस्थामा आइपुगेको फेहरिस्त सुनाइन् । कुराकानीको बिट मार्दै उनले भनिन्, ‘काम गरेर खान लाज मान्नु हुँदैन । आत्मनिर्भर बन्नुपर्छ ।’
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...