२३ जेठ २०८३, शनिबार

खोप खरिद गर्न आठ अर्बभन्दा अधिक सहयोग प्राप्त हुँदै

खोप खरिद गर्न आठ अर्बभन्दा अधिक सहयोग प्राप्त हुँदै

सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइको छ ।

खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै न्ेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्