२१ जेठ २०८३, बिहीबार

बालुवाटारमा शुरू भयो एमाले संसदीय दलको बैठक– वामदेव उपस्थित, खनाल नेपाल पक्ष अनुपस्थित

बालुवाटारमा शुरू भयो एमाले संसदीय दलको बैठक– वामदेव उपस्थित, खनाल नेपाल पक्ष अनुपस्थित

नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको आह्वानमा शनिवार बालुवाटारमा एमाले संसदीय दलको बैठक शुरू भएको एमाले सचेतक शान्ता चौधरीले जानकारी दिइन् । 

बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद भने बैठकका उपस्थित छैनन् । बैठकमा वामदेव गौतम उपस्थित भएको एमाले सचेतक चौधरीले लोकान्तरलाई जानकारी दिइन् । 

बैठकमा संसदीय दलको विधान संशोधनका लागि विशाल भट्टराईको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुने र पारित गर्ने तयारी छ । बिहीवारको बैठकले भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

बिहीवारको बैठकले ओलीको संयोजकत्वमा नेपाल र खनालसहित २४ जना सदस्य रहेको संसदीय बोर्ड गठन गरेको थियो । नेपाल पक्षले बैठक बालुवाटारमा नभइ सिंहदरवार स्थित संसदीय दलको कार्यालय या संसद भवन बानेश्वरको कुनै हलमा राख्नुपर्ने शर्त राखेको थियो ।

बैठकका अनिवार्य उपस्थितीको लागि ह्वीप लगाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्