२४ जेठ २०८३, आइतबार

पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ, त्यसका लागि विधि बनाउँदैछौं : केपी ओली

पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ, त्यसका लागि विधि बनाउँदैछौं : केपी ओली

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटगत काम गर्नेलाई कारवाही हुने बताएका छन् ।

शनिवार बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले गुटगत भेला गर्ने अगुवाहरू कारवाहीको भागिदार रहेका बताए ।

छुट्टै भेला गरिरहेका अगुवाकर्ताहरूलाई कारबाही गरेर जानुको विकल्प नरहेको ओलीले बताए । ‘त्यसका लागि विधि र पद्धति बनाउने आधार तयार गर्दैछौं,’ उनले भने, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं । पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ । उहाँहरूका गतिविधि कारबाहीका भागिदार हुनुहुन्छ ।’

बैठकमा प्रभावशाली नेता वामदेव गौतमलाई एकताको कुरा छाड्न ओलीले आग्रह गरेका छन् । ओलीले गौतमलाई लक्षित गर्दै एकता–एकता भनेर पछि नलाग्न आग्रह गरे ।

‘नेकपादेखि एमालेसम्म तपाईं एकता–एकता भन्दै हिँड्नुभएको छ । एकता कसले नचाहेको छ ? बुझ्नुभयो होला नि !’ अध्यक्ष ओलीले बैठकमा भने, ‘अब पनि यसै भन्नुहुन्छ कि छाड्नुहुन्छ ? एकता–एकता भनेर पछि नलाग्नुस् । उहाँहरू एमालेमा बस्न चाहनु नै भएको छैन । पार्टी कसरी एक बनाएर अघि बढ्न सकिन्छ ? त्यसतर्फ लागौं ।’

salt training

कमेन्ट गर्नुहोस्