२४ असार २०८३, बुधबार

डोटीमा १० हजारभन्दा बढीलाई कोरोना विरुद्वको खोप

चैत ७, २०७७
डोटीमा १० हजारभन्दा बढीलाई कोरोना विरुद्वको खोप

डोटी जिल्लामा हालसम्म १० हजार ५४४ जनाले कोरोना भाइरस विरुद्वको खोप लगाएका छन् ।

जिल्लाका ९ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा जिल्ला अस्पतालबाट कोरोना विरुद्धको खोप लगाइएको थियोे ।

स्वास्थ्य कार्यालयले खोप लगाउने अभियान गत फागुन २३ देखि चैत १ गतेसम्म सञ्चालन गरेको थियोे । 

खोप ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइएको थियो । जिल्ला अस्पतालका स्वास्थ्यकर्मी निरु मगरका अनुसार दिपायलसिलगढी नगरपालिकामा २ हजार ३, शिखर नगरपालिकामा १ हजार ७१७, पूर्वीचौकी गाउँपालिकामा १ हजार १००, आदर्श गाउँपालिकामा १ हजार २६२, सायल गाउँपालिकामा ८९९, केआईसिंह गाउँपालिकामा ९३६, बोगटान फुडसिल गाउँपालिकामा ९०१, बडिकेदार गाउँपालिकामा ७३३ तथा जोरायल गाउँपालिकामा ९९३ जनाले खोप लगाएका हुन् ।

खोपबाट कसैलाई पनि ठूलो किसिमको लक्षण देखा नपरेको बताइएको छ । ९ वटै स्थानीय तहमा कूल १२ हजार ६०० जना ६५ वर्षभन्दा माथिको उमेर समूहका नागरिक रहेका र बाँकी रहेका अन्य नागरिकलाई अर्काे पटकमा लगाइने जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए ।

पहिलो चरणमा भने सरकारले मानिसहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी, वित्तीय संस्थाका प्रमुख, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायतलाई देशव्यापी रूपमा कोरोना विरुद्धको खोप लगाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्