२८ जेठ २०८३, बिहीबार

थप ७९ जनामा कोरोना पुष्टि, ८२ संक्रमित निको

थप ७९ जनामा कोरोना पुष्टि, ८२ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ७१ हजार ८१५ संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ८२ संक्रमित निको भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ९९८ रहेको मन्त्रालयले जनाएको छ ।

शनिवार कोरोनाले थप मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्