
पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँन लागेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेकपा एमालेभित्रबाटै थप अधिकार पाएको प्रसंगलाई उल्लेख् गर्दै डा. भट्टराईले नेपालमा हिट्लरको उदय भइरहेको समेत बताएका छन् ।
उनले लेखेका छन्, 'हिट्लरबारे चर्चित भनाइ छ-‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनॅ;...अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बाँकी थिएन!’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ! होशियार ।'
हिट्लरबारे चर्चित भनाइ छ-‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनॅ;...अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बाॅकी थिएन!’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ!उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ!होशियार!
— Baburam Bhattarai (@brb1954) March 21, 2021