२१ जेठ २०८३, बिहीबार

दरार मेटाउने प्रयासमा प्रचण्ड-बाबुराम, पटक पटक एक्लाएक्लै भेटवार्ता

चैत ८, २०७७
दरार मेटाउने प्रयासमा प्रचण्ड-बाबुराम, पटक पटक एक्लाएक्लै भेटवार्ता

नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्‍याउन खोजेको प्रस्ट हुन्छ । अहिले अलगअलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।

दाहाल–भट्टराई सम्बन्ध निकै पुरानो हो । १० वर्षे माओवादी जनयुद्धभर उनीहरू एकै ठाउँमा रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनीहरू लामो समय सँगै रहन सकेनन् । राजनीतिक रूपमा टकराव हुन थालेपछि उनीहरूबीचको सम्बन्धमा दरार आयो । त्यसपछि भट्टराईले तत्कालीन माओवादी पार्टी त्यागेर नयाँ शक्ति नामक अर्को पार्टी खोले । त्यसको केही समयपछि उनले तत्कालीन मधेसी जनअधिकार फोरमसँग आफ्नो पार्टीलाई एकीकृत गराए ।

तत्कालीन माओवादीमा रहँदैखेरि दाहाल–भट्टराईबीच पैदा भएको तिक्तता लामो समय कायम रह्यो । पछिल्लो समय भने भट्टराईसँग विगतमा बिग्रिएको सम्बन्धलाई पुनर्ताजगीकरण गर्ने प्रयासमा दाहालले सक्रियता बढाएका हुन् । भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार एक÷डेढ महिनाका बीचमा दाहाल–भट्टराईबीच तीनपटक एक्लाएक्लै भेटवार्ता भइसकेको खबर नागरिक दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्