०८ असार २०८३, सोमबार

एकपछि अर्को उच्च सैनिक अधिकृत फन्दामा

चैत ९, २०७७
एकपछि अर्को उच्च सैनिक अधिकृत फन्दामा

गलत क्रियाकलापमाथि जंगी अड्डा कडा रूपमा प्रस्तुत हुँदा उच्च सैनिक अधिकारी धमाधम कारबाहीको भागीदार बनिरहेका छन् । गत वैशाखयता मात्रै विभिन्न अभियोगमा अवकाश प्राप्तसमेत गररे ४७ जना उच्च सैनिक अधिकृतमाथि कारबाही भएको छ ।

यति धेरै संख्यामा उच्च सैनिक अधिकृत कारबाहीमा परेको यो पहिलोपटक हो। यही अवधिमा अवकाश प्राप्त उपरथी सुधीर श्रेष्ठले अनियमितता गरेबापत बिगो भर्नुपरेको छ भने सहायक रथीहरू सुरेन्द्रसिंह रावल चेन अफ कमान्ड नमान्दा, प्रयोगजंग राणा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर र पंकज कार्की यौन दुव्र्यवहार अभियोगमा बर्खास्त भए । नेपाली सेनाका अनुसार २०७७ वैशाखपछि फागुन अन्त्यसम्ममा रथीवृन्द तथा अधिकृत गरेर ४७ र पदिक तथा अन्य दर्जाका ९ सय ३७ जनाले दण्ड सजाय पाएका छन्। कान्तिपुरमा विस्तृतमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्