०८ असार २०८३, सोमबार

बालविवाह रोक्न ४० विद्यालयमा कार्ययोजना बनाइँदै

चैत ९, २०७७
बालविवाह रोक्न ४० विद्यालयमा कार्ययोजना बनाइँदै
प्रतिकात्मक तस्वीर

बर्दियामा बालविवाह न्यूनीकरणका लागि कार्ययोजना निर्माण थालिएको छ ।

प्लान इन्टरनेसनलको आर्थिक सहयोगमा बाँकेको युनेस्को क्लबले बर्दियाका ८ वटै पालिकामा रहेका ४० माध्यमिक विद्यालयमा कार्ययोजना निर्माण थालेको हो ।

कार्ययोजना निर्माण गर्न क्लबले विभिन्न स्थानमा अन्तर्क्रिया कार्यक्रम शुरू गरेको छ ।

माध्यमिक तहमा अध्ययनरत धेरै किशोर किशोरी बालविवाहको शिकार हुने गरेकाले विद्यालयबाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयका अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना बनाउन अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर डम्मरबहादुर परियारले जानकारी दिए ।
 
कार्ययोजनामा बालविवाहविरुद्ध विद्यार्थीको हस्ताक्षर अभियान सञ्चालन गर्ने, वक्तृत्वकला प्रतियोगिता, चिठी लेखन, निबन्ध प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा विद्यालयमा बालसंरक्षण नीति तयार गर्ने योजना समावेश गरिएको त्रिभुवन मावि कौराका प्रधानाध्यापक दामोदर पौडलले बताए ।

विद्यालयमा तयार गरिएको योजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने र विद्यालयमा बालमैत्री शिक्षणलाई लागू गरिने उनको भनाइ छ । बालविवाह समाजमा व्याप्त रहेका भएता पनि कानूनी प्रक्रिया नजाउदा तथ्यांक यकिन गर्न भने सकिएको छैन । एक अध्ययनअनुसार सामाजिक सञ्जालको माध्यमबाट २० प्रतिशत, आफूखुशी ११ प्रतिशत र अभिभावकको करकापबाट २६ प्रतिशत बालबालिकाले विवाह गर्ने गरेको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्