०३ असार २०८३, बुधबार

थुनुवाको आचरण परिवर्तन गर्न हिरासत कक्षमा पुस्तकालय

चैत ९, २०७७
थुनुवाको आचरण परिवर्तन गर्न हिरासत कक्षमा पुस्तकालय
प्रतिकात्मक तस्वीर

विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पुर्‍याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ । 

‘आचरण व्यवहारमा परिवर्तनका लागि हातहातमा किताब’ भन्ने नाराका साथ कार्यालयले पुस्तकालय स्थापना गरेको हो । 

वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले सोमवार उद्घाटन गर्दै पुस्तकालयले उत्प्रेरणा र मनोवृत्ति परिवर्तन गर्ने, ज्ञानका कुरा सिक्ने तथा समयको पनि उचित सदुपयोग हुने बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले न्यायिक हिरासतमा रहेकाको आचरण व्यवहारमा परिवर्तन ल्याउन हिरासत कक्षभित्र पुस्तकालय स्थापना गरिएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्