०२ साउन २०८३, शनिबार

राष्ट्रपतिको बंगलादेश भ्रमणः पर्यटन सहकार्यमा हस्ताक्षर हुँदै

चैत १०, २०७७
राष्ट्रपतिको बंगलादेश भ्रमणः पर्यटन सहकार्यमा हस्ताक्षर हुँदै

बंगलादेश भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

राष्ट्रपति भण्डारी र बंगलादेशको प्रधानमन्त्री हसिनाबीच सोमबार आपसी समझदारी र आगामी दिन गर्न सकिने सहकार्य विषयमा छलफलसमेत भएको छ । दुईदिने भ्रमणमा दुई देशको राष्ट्रपतिको उपस्थितिमा पर्यटन सहकार्य विषयमा हस्ताक्षर गर्ने कार्यक्रम छ । जसअन्तर्गत सार्क मुलुक बंगलादेशबाट पर्यटन भियाउन विराटनगर नाका प्रयोग गर्न सक्ने र हवाई सेवा पहुँच दिने विषय छलफल केन्द्रित हुनेछ ।

बंगलादेशी पर्यटक नेपाल भित्र्याउन सहज व्यवस्था गर्न दुई देशका राष्ट्र प्रमुखको उपस्थितिमा हस्ताक्षर गरिने जनाइएको छ । हाल बंगलादेशी पर्यटक स्थलमार्गबाट नेपाल आए पनि पुनः भारतबाट प्रवेश गरेर बंगलादेश जान सक्ने अवस्था छैन । यसका लागि बंगलादेशी पर्यटकले भिसा लिएर हवाई उडानमार्फत स्वदेश फर्कनुपर्ने बाध्यता छ ।

नेपालमा सहज आउने र जाने वातावरण बनाउन भारतसँग सहजीकरण गर्नुपर्छ । बंगलादेशबाट सिधंै विराटनगर आउने व्यवस्था मिलाउन विराटनगरमा क्षेत्रीय विमानस्थलको अवधारणा ल्याउन लागिएको छ ।

शहीदपुरदेखि विराटनगरबीचको हवाई सम्पर्क हुने र यसका लागि आधारभूत पूर्वाधार ६ महिनाभित्र तयार पार्नेगरी सम्झौता गर्न लागिएको हो । त्यस्तै, नेपाल र बंगलादेशका विद्यार्थी र संस्कृतिकर्मीले आपसमा क्षमता र ज्ञान आदानप्रदान गर्ने वातावरण बनाउन अर्को सम्झौता गर्ने तयारी छ ।

नेपाल–बंगलादेश स्यानेटरी र फाइटो स्यानेटरीमा सहकार्यबारे सम्झौतासमेत गर्न लागिएको छ । बोटबिरुवा तथा पशुपन्छीमा लाग्ने रोग पत्ता लगाई निवारणका लागि अध्ययन र अनुसन्धानमा सहकार्य गर्ने विषय सम्झौतामा केन्द्रित छ ।

यसैगरी, रोहनपुरदेखि सिंहबादसम्मलाई ‘ट्रान्जिट रुट’का रूपमा प्रयोग गर्ने सहकार्यबारे सम्झौता गर्ने विषयमा छलफल केन्द्रित हुने छ । अहिले नेपालले बंगलादेशबाट चटगाउँ र मंगला बन्दरगाह प्रयोग गरिरहेको छ ।

परराष्ट्रमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताक्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्य विषयमा भेटवार्ता भएको छ ।

दुई देशबीच पर्यटन, कृषि र संस्कृति क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ । भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ सदस्य छन् । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्