२१ असार २०८३, आइतबार

‘पहले आप, पहले आप’ भन्दाभन्दै प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ : बाबुराम भट्टराई

‘पहले आप, पहले आप’ भन्दाभन्दै प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढिरहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले यो वा उ बहानामा भाग्ने गल्ती नगर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘‘पहले आप, पहले आप’ भन्दाभन्दै लखनौका नवावको गाडी छुट्थ्यो रे ! विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ । सत्तासीन शक्तिविरुद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो । यो वा उ बहानामा भाग्ने गल्ती नगरौं ।’

salt training

कमेन्ट गर्नुहोस्