०३ असार २०८३, बुधबार

दाइजोमा मोटरसाइकल नल्याएपछि बुहारी मार्न खोज्ने ससुरा ७ वर्षपछि पक्राउ

चैत १०, २०७७
दाइजोमा मोटरसाइकल नल्याएपछि बुहारी मार्न खोज्ने ससुरा ७ वर्षपछि पक्राउ
प्रतिकात्मक तस्वीर

बाँकेमा दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै बुहारी मार्न खोज्ने ससुरा ७ वर्षपछि मंगलवार पक्राउ परेका छन् ।

जिल्लाको नरैनापुर गाउँपालिका–२ की २३ वर्षीया बुहारी रिहाना ढपालीलाई दाइजोको निहुँमा आगो लगाउने ७५ वर्षीय ससुरा हनिफ शेष ढपाली ७ वर्षपछि पक्राउ परेका हुन् । 

ससुरा हनिफ, पति फरिद शेष ढपाली र सासू शजहाद खाँले २०७० चैत २ गते राति रिहानालाई दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए । 

घटनापछि लामो समयसम्म फरार रहेका उनीहरू नरैनापुर–१ सुइयास्थित एक घरमा रहेको सूचनाका आधारमा ससुरालाई पक्राउ गर्न प्रहरी सफल भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

घटनामा संलग्न रिहानाका पति र सासू भने फरार रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्