×

NMB BANK
NIC ASIA

देउवाको नजर अन्तै !

२१ दिनमा फेरिएको बोली– प्रधानमन्त्री बन्न देउवाले किन गरेनन् हिम्मत ?

चैत ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको ८ दिनपछि फागुन १९ गते चितवनमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका थिए– काँधमा प्रधानमन्त्रीको जिम्मेवारी आए लिन तयार छु । 

Sagarmatha Cement
Muktinath Bank

‘कांग्रेसलाई पदको कुनै लोभ छैन, तर काँधमा जिम्मेवारी आयो भने भाग्नेवाला छैनौं, पूरा गरेरै छाडिन्छ’, देउवाले भनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभा पुनःस्थापनासँगै देउवाबाट आएको सो अभिव्यक्तिपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने आंकलन शुरू भएको थियो ।


Advertisment
Nabil box
Kumari

कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरालाई बल पुर्‍याउँदै २१ गते बसेको कांग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरूलाई प्रतिक्रिया दिएका थिए– प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याइरहेको छ । हामीले झ्यालबाट परिस्थिति नियालिरहेका छौं । 

Vianet communication
Laxmi Bank

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकतालाई भंग गरिदिएपछि फागुन २८ गते बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक थियो । अन्य विषयमा विवाद रहेपनि पदाधिकारी बैठकले सरकारको नेतृत्व लिएर अघि बढ्नुपर्ने साझा निष्कर्ष निकाल्यो । पदाधिकारी बैठकलगत्तै कांग्रेसले जसपाका नेताहरूसँग छलफल गर्‍यो । जसपासँगको छलफलमा कांग्रेस पदाधिकारी र प्रभावशाली नेताहरू सहभागी थिए । 

जसपासँगको भेटपछि कांग्रेस प्रवक्ता शर्माले भनेका थिए, ‘स्थिति परिपक्व हुँदैछ, केही दिन प्रतीक्षा गर्नुहोला ।’

जसपासँग सत्ता समीकरण बन्न सक्ने इंगित गर्दै प्रवक्ता शर्माले भनेका थिए, ‘हाम्रो पार्टीको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सन्दर्भमा एउटा धारणा बनाएर उचित निष्कर्षमा पुग्नु पर्छ भन्ने धारणा आयो ।
दुवै बैठकको सार प्रतिनिधि सभाको विघटन भएपछि कांग्रेसको नेतृत्वमा साझा धारणा बनेको थियो । ‘आज सम्भवतः अर्को खण्ड प्रारम्भ भएको छ, केही दिन प्रतिक्षा गर्नु पर्ने हुन्छ,’ शर्माले भनेका थिए ।​

देउवाको फेरिएको बोली

काँधमा जिम्मेवारी आयो भने प्रधानमन्त्रीको जिम्मेवारीबाट भाग्नेवाला छैन भनेर अभिव्यक्ति दिएको २१ दिनपछि सभापति देउवाले मंगलवार बोली फेरेका छन्– प्रतिपक्षमै बस्ने भनेर ।

‘कांग्रेसले सरकार पनि बनाउँदैन, विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन, कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ,’ देउवाले मंगलवार विराटनगरमा भनेका थिए । 

मंगलवार देउवाले विराटनगरमा दिएको अभिव्यक्तिपछि तत्कालका लागि वैकल्पिक सरकार गठनको सम्भावना टरेको विश्लेषण गर्न थालिएको छ । पार्टीमा रामचन्द्र पौडेल पक्ष समेत कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ भनिरहेको समयमा कांग्रेसबाट प्रधानमन्त्रीका लागि निर्विकल्प उम्मेदवार देउवाले भने आफैँ खुट्टा टेकेका छैनन् ।  

विगतमा सत्तामा जानका लागि मरिहत्ते गर्ने आरोप लागेका देउवा प्रतिनिधि सभा विघटनपछिका घटनाक्रममा उनले सुझबुझपूर्ण कदम चालिरहेका छन् । 

पढ्नुहोस्, यो पनि : देउवाको परिपक्क कदम

यसकारण हच्किए देउवा

प्रतिनिधि सभा पुनःस्थापना भएको भोलिपल्ट हाल अदालतले खारेज गरिदिएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बूढानीलकण्ठमा गएर देउवालाई सरकारको नेतृत्व लिन आग्रह गरेका थिए ।

चितवनबाट काठमाडौं आएका प्रचण्ड र नेपाल एयरपोर्टबाट सिधै बूढानीलकण्ठ गएको विषयलाई प्रधानमन्त्री ओलीले कटाक्ष गर्दै– किस्तीमा प्रधानमन्त्री पद लिएर हिँडिरहेको टिप्पणी गरेका थिए । यद्यपि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सो दिन देउवालाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव नगरिएको दाबी लोकान्तरसँग गरे । 

‘किस्तीमा लगिएको प्रधानमन्त्रीको पद स्वीकारिदिने व्यक्तिले स्वीकारिदिए पो !’ भनेर ओलीले उनीहरूप्रति व्यंग्य कसेका थिए । यसबीचमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई फेरि पनि सहकार्यका लागि आग्रह गरे । तर देउवाले यसपटक प्रधानमन्त्री बन्न हतारो देखाएनन् ।  

निकटस्थहरूका अनुसार देउवाले प्रधानमन्त्री बन्नका लागि हतारो नगर्नुका केही कारण छन् । पहिलो कारण– भरपर्दो गठबन्धन नहुनु । दुई दल मिलेर सरकार बन्न नसक्ने, तेस्रो दलको सहायता अनिवार्य लिनुपर्ने र यो गठबन्धन त्यति भरपर्दो नहुने देउवाको विश्लेषण छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारमा जानका लागि खुट्टा उचालेर बसेको जसपाले भित्रैदेखि देउवासँग सहकार्य गर्न नचाहेको कांग्रेस नेताहरूको विश्लेषण छ । जसपाभित्रको एउटा पक्षले कांग्रेस या माओवादीसँग मिलेर जानुपर्ने धारणा राख्दा अर्को ध्रुव  एमालेसँग नजिकियो । 

भर नभएको टेको लागेको सरकारको भविष्य नदेखेका कारण देउवा सरकारको नेतृत्व लिन हच्किए । 

प्रतिपक्षमा बस्दा चुनाव जित्न सकिने मनोविज्ञान

२०७४ सालको प्रतिनिधि सभा चुनावको समयमा देउवा प्रधानमन्त्री थिए । आफैँले गराएको चुनावमा कांग्रेस नराम्रोसँग पराजित भयो । आमजनमत सत्ताको विपक्षमा रहने र विपक्षमा बसेर चुनाव लड्दा फाइदा हुन्छ भन्ने विश्लेषणका कारण पनि देउवाले सरकारको नेतृत्वको लागि हतार गरेनन् । 

‘यो बेला सरकारमा गएर कुनै चमत्कार गर्न सकिने अवस्था छैन । जनताका चुलिएका आकांक्षा पूरा गर्न पर्याप्त स्रोत पनि छैन, यस्तो बेला सरकारको नेतृत्वमा जानु आत्मघाती हुन्छ भन्ने निष्कर्षका आधारमा सभापतिज्यूले सरकारमा जान हतारो गर्नुभएन,’ देउवानिकट एक सांसदले लोकान्तरसँग भने । बरू देउवा ‘अर्ली इलेक्सन’ होस भन्ने चाहन्छन् ।

यदाकदा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जालझेल गरेर आफूलाई सत्ताच्युत गरिएमा २० महिनापछि हुने चुनावमा दुईतिहाइ बहुमतसहित फेरि सिंहदरबार पस्ने बताउँदै आएका छन् ।

ओलीले नेतृत्व गरेको संसद्को सबैभन्दा ठूलो दललाई प्रतिपक्षमा राखेर ‘टालाटुली बटुली’को सरकार चलाउनु फलामको च्युरासरह हुने देउवाले बुझेका छन् ।

प्रधानमन्त्री भन्दा प्राथमिकतामा सभापति 

पटक–पटक सरकारको नेतृत्व गरेका देउवाले पार्टीको नेतृत्व भने एक कार्यकाल मात्र पूरा गर्दैछन् । निकटस्थहरूसँग देउवाले भन्दै आएका छन्, मेरो प्राथमिकता प्रधानमन्त्रीभन्दा पार्टी सभापति हो । 

२०७८ भदौ महिनाका लागि प्रस्तावित १४ औं महाधिवेशनमा सभापति पद दोहोर्‍याउने देउवाको लक्ष्य छ । सरकारमा गएर भन्दा बाहिर बसेर महाधिवेशनमा ध्यान केन्द्रित गर्दा जित्न सकिने आंकलन देउवाले गरेका छन् ।

सभापतिका लागि डा. शेखर कोइराला लगायत आकांक्षी जिल्ला दौडाहामा लागेको समयमा देउवाले आफ्नो शक्ति र ऊर्जा महाधिवेशन तयारीमै लगाउने योजना बनाइरहेका छन् । 

‘नेतृत्वका लागि कांग्रेस त तयार छ, विकल्प खोज्नेले दशवटा शर्त राखेर हुन्छ ?’

सभापति देउवानिकट मानिने कांग्रेस महामन्त्री डा. प्रकाशशरण महतले सरकारको नेतृत्वका लागि कांग्रेस पछि नहट्ने दोहोर्‍याए । ‘यदि प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्ने हो भने अन्य दलले सक्रियता लिनुपर्‍यो नि, हामीसँग त संसद्मा आवश्यक अंकगणित छैन,’ महतले भने । 

संसदीय व्यवस्थामा प्रतिपक्षी दललाई ‘वेटिङ प्राइमिनिस्टर’ भनिन्छ । नेता महत ओलीको विकल्प खोजेर लोकतान्त्रिक सरकार बनाउन कांग्रेस पनि चहारिरहेको बताउँछन् ।

‘दशवटा शर्त राखेर सरकारको नेतृत्व लिग भन्दा कांग्रेस ती शर्त स्वीकार गर्न तयार हुँदैन,’ महतले भने । 

जसपाले कांग्रेस नेतृत्वमा सरकार भन्यो भने मिनेट भरमा प्रक्रिया शुरू हुन्छ– मीनेन्द्र रिजाल 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. मीनेन्द्र रिजाल सत्ता समीकरणमा निर्णायक मानिएको जसपाले कांग्रेस नेतृत्वमा सरकार बनाउने भनेर निर्णय गरेको क्षण भरमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको पहल शुरू गर्ने बताउँछन् । 

‘सभापतिजीले के भन्नुभयो साथीहरूले त्यसको राम्रो व्याख्या गर्लान्, तर संसदमा बहुमत पुग्ने अवस्थामा कांग्रेस सरकारको नेतृत्व लिन तयार नै छ,’ रिजालले लोकान्तरसँग भने, ‘संसद्मा बहुमत नपुग्ने अवस्था रहँदासम्म त कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने बाध्यता छ ।’

नेपाली कांग्रेस र एमालेसँग समानान्तर वार्तामा रहेको जसपाले निर्णय गर्न सकेको छैन । कोसँग सहकार्य गर्ने भनेर निर्णय लिन चैत ५ गतेका लागि बोलाएको कार्यकारिणी समितिको बैठक होलीसम्मका लागि स्थगित भएको छ । 

‘जसपाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने भन्ने बित्तिकै त कांग्रेसले मिनेट भरमा प्रक्रिया शुरू गर्छ,’ रिजाल भन्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x