०३ असार २०८३, बुधबार

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

सैनिक कल्याणकारी बोर्डको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा प्रदेश १ का भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको ‘भूतपूर्व सैनिक सम्मेलन(२०७७’ सम्पन्न भएको छ ।  ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार(आत्म सम्मान तथा समृद्धिको आधार’ भन्‍ने मूल नाराकासाथ पूर्वी पृतना हेडक्र्टर ईटहरीमा सम्मेलन भएको थियो ।

राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको यस सम्मेलनमा   प्रदेश १ का १४ वटा जिल्लाहरुमा बसोबास गर्ने ६६४३ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो । उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्‍न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमले भूपू तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्