१४ असार २०८३, आइतबार

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

चैत १३, २०७७
डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् ।

बिहीवार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरीले जनाएको छ ।

सुक्खा मौससमा मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घर जलेको प्रहरीले जनाएको छ । आगलागीबाट चारवटा घर र गोठ जलेर पूर्ण नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्