
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बनाउन लागेको बजेटमा सुझाव माग गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै आम सर्वसाधारण समेतलाई बजेटमा सुझाव दिन आह्वान गरेको हो ।
मन्त्रालयले बजेट निर्माणका लागि टोली नै बनाएर काम गरिरहेको छ । यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा ५ वैशाखसम्म सुझाव पठाउन सकिने मन्त्रालयले जनाएको छ ।
अर्थको वेवसाइटमा गई बजेट सुझावसम्बन्धी ट्यावबाट बजेटबारे सुझाव दिन सकिने छ ।
अर्थको कार्यतालीका अनुसार १५ चैतसम्म विभागीय मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयबाट बजेट तथा कार्यक्रम पेश गर्नेछन् ।
त्यसपछि अन्तर मन्त्रालय छलफल शुरु हुने छ । यसे छलफलका बीचमा सरोकारवाला निकायले दिने सुझावलाई समेत अर्थले संकलन गर्नेछ । त्यसपछि भने बजेट लेखनको काम शुरु हुनेछ ।