२२ असार २०८३, सोमबार

अर्थमन्त्री पौडेलले बजेटका लागि एमाले सांसदसँग मागे सुझाव

अर्थमन्त्री पौडेलले बजेटका लागि एमाले सांसदसँग मागे सुझाव

अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटमा समेट्नुपर्ने विषय र प्राथमिकताबारे सांसदहरूसँग सुझाव मागेका छन् ।

२०७३ सालमा लोकप्रिय बजेट ल्याएका मन्त्री पौडेलले दोस्रोपटक बजेटको तयारी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले संसदीय दलको बैठकमा अर्थमन्त्री पौडेलले बजेट निर्माणका मुख्य–मुख्य प्राथमिकताबारे चर्चा गर्दै फिडब्याक मागेका हुन् । 

‘अर्थमन्त्रीज्यूले बजेट निर्माणको पूर्वसन्ध्यामा रहेको भन्दै बजेटका लागि सांसदहरूलाई फिडब्याक दिन आग्रह गर्नुभयो,’ बैठकबारे एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘सांसदहरूले आफ्नो निर्वाचन क्षेत्र र जिल्लाको विकासका लागि तथा आफ्नो क्षेत्रका महत्त्वपूर्ण योजनाहरू विधिसम्मत तरिकाले मन्त्रालयमा दिनका लागि आग्रह गर्छु भन्नुभयो ।’

अर्थमन्त्री पौडेलले बजेटका लागि पहिलोपटक जनताको सुझाव समेत आह्वान गरेका छन् । संघीय संरचना अनुसार केन्द्र सरकारले ठूला विकास निर्माणको आयोजनालाई महत्त्व दिने भएकाले त्यही अनुसारका सुझाव दिन सांसदहरूलाई मन्त्री पौडेलले आग्रह गरेका राष्ट्रिय सभामा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले लोकान्तरलाई जानकारी दिए । 

केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएपछि तीनवटा बजेट युवराज खतिवडाले ल्याएका थिए । चौथो बजेटको तयारीमा लागेका अर्थमन्त्री पौडेलले जनताले अनुभूति गर्ने खालको बजेट ल्याउन भन्दै तयारी गरेका छन् । 

जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । 

salt training

कमेन्ट गर्नुहोस्