३० जेठ २०८३, शनिबार

उत्तर कोरियाले दियो अमेरिकालाई धम्की– विचार गरेर बोल्नुस्, अप्रिय स्थिति आउला

चैत १६, २०७७
उत्तर कोरियाले दियो अमेरिकालाई धम्की– विचार गरेर बोल्नुस्, अप्रिय स्थिति आउला

अमेरिकाको बाइडन प्रशासनले पहिलो कदम नै गलत चालेको र आफूहरूको क्षेप्यास्त्र परीक्षणलाई आलोचना गरी गहिरो शत्रुता उजागर गरेको उत्तर कोरियाले बताएको छ । 

शुक्रवार उत्तर कोरियाले नयाँ किसिमको ट्याक्टिकल छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो । 

राष्ट्रपति जो बाइडनले उक्त परीक्षणबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् प्रस्तावको उल्लंघन भएको बताए तर प्योङयाङसँग कूटनीतिका लागि आफू खुला रहेको पनि भने । 

उत्तरको सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय समितिका सचिव री प्योङ चोलले दक्षिण काृरिया तथा अमेरिकाबाट तेर्सिएका जोखिमविरुद्ध आत्मरक्षाका लागि उक्त परीक्षण गरिएको बताए । 

‘वर्तमान परिस्थितिमा दक्षिण कोरिया र अमेरिकाले निरन्तर सैन्य जोखिम तेर्स्याएकाले हाम्रो राज्यको सुरक्षाका लागि अपराजेय भौतिक शक्ति बनाउनुको विकल्प हामीसँग छैन,’ रीले केसीएनए समाचार संस्थालाई बयानमा बताए । 

‘नियमित परीक्षणलाई गलत भन्ने अमेरिकी राष्ट्रपतिको भनाइमा हामी गहिरो चिन्ता व्यक्त गर्छौं । हाम्रो राज्यले आत्मरक्षाको अधिकार प्रयोग गर्दा त्यसलाई राष्ट्रसंघको प्रस्तावको उल्लंघन भनेर उनले गहिरो गरी जमेको शत्रुतालाई उजागर गरेका छन्’ रीले थपे । 
 

वाशिङटनले सोचविचार नगरी टिप्पणी गर्दा अप्रिय स्थितिको सामना गर्नुपर्ने पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्