
नेकपा एमालेका नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरिएपछि अर्का नेता योगेश भट्टराईले भद्दा मजाक भनेर टिप्पणी गरेका छन ।
‘ऋषिमुनी र बुद्धको ज्ञानभूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल विद्वान, इमान्दार र नैतिकवनहरूमाथि कारवाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुन्छन् । कमरेड धनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ,’ योगेशले बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै भनेका छन् ।
पार्टी अनुशासन उल्लंघन गरी गुटगत क्रियाकलाप जारी राखेको भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीवार भुसाल र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । माधव नेपाल र भीम रावललाई पनि निलम्बन गरिएको छ ।
निलम्बनमा परेका भुसालले ओलीले राम्रो पार्टीलाई गुटमा बदलेको आरोप लगाएका छन् ।