२३ जेठ २०८३, शनिबार

विद्यालयस्तरीय गल्फ खेल शुरू गर्दै राजर्षि गुरुकूल

विद्यालयस्तरीय गल्फ खेल शुरू गर्दै राजर्षि गुरुकूल

नेपालमा पहिलो पटक स्कुल स्तरमा गल्फ प्रतियोगिताको सुरुवात भएको छ । राजर्षि गुरुकुल स्कुलले स्कुल स्तरमा नै गल्फको प्रतियोगिता शुरू गरेको छ । 

जसलाई नेपालका चर्चित गल्फ खेलाडी प्रदीपकुमार श्रेष्ठले उद्घाटन गरे । सो विद्यालयले विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरू संचालन गर्दै आएको छ । जसमा गल्फ पनि एक रहेको छ । 

स्विमिङ, हकी, क्रिकेट, फूटबल, बास्केटबल, स्केटिङ लगायतका खेलकुद क्रियाकलापहरू विगत वर्षहरूदेखि नै गर्दै आएकोमा यस वर्षदेखि गल्फ खेलको पनि शुरुवात गरिएको हो  । 

गल्फ खेलको शुरू गर्दै प्रमुख अतिथि श्रेष्ठले विद्यालयले गरेको यो खेलको शुरुवातले विद्यार्थीहरूमा अन्तरनिहीत रहेको प्रतिभालाई प्रस्फुटन गर्न र विद्यार्थीहरुको शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

गल्फ खेलमा इच्छुक खेलाडीहरुलाई आवश्यक प्रशिक्षण र अन्य सहयोग गर्न आफू तत्पर रहेको बताउँदै यस खेललाई आउटडोरतर्फ विकास गर्ने बताइएको छ । 

विद्यालयका अध्यक्ष राजेश चौधरीले विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासको लागि निरन्तर प्रयास गरिरहेको र यस कार्यमा सबै पक्षबाट यथोचित सहयोग र सद्भाव कायम रहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्