
पछिल्लो २४ घन्टामा मुलुकभर १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा शुक्रवार १ सय ७९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकभर हालसम्म २ लाख ७७ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये २ लाख ७२ हजार ९ सय ६२ संक्रमित उपचारपछि निको भइसकेका छन् ।
शुक्रवार मात्रै १ सय ११ जना संक्रमित उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, शुक्रवार मृतकको संख्या शून्य रहेको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने ३ हजार ३१ रहेको मन्त्रालयले जनाएको छ ।