३० जेठ २०८३, शनिबार

पानीमा डुबेर नाबालिकाको मृत्यु

चैत २०, २०७७
पानीमा डुबेर नाबालिकाको मृत्यु

सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर १ नाबालिकाको शुक्रवार मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिताकुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेल्ने क्रममा नजिकै रहेको कल (टुबवेल) निर कपडा धुनका लागि पानी भरेर राखिएको बाल्टीनमा उल्टो परेर खसेपछि ती बालिकाको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्