
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेता माधवकुमार नेपाल समूह अँध्यारो सुरूङमा फसेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सल्लाहकार थापाले बाहिर निस्किने ठाउँ नै नभएको दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘माधवकुमार नेपाल नेतृत्वको बागी समूह अँध्यारो सुरूङमा पसेको छ, जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन ! साथमा न पार्टी, न चुनाव चिह्न, न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ । नभए बिजोग होला है !’
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाही गरेपछि नेता नेपाल समूहले समानान्तर गतिविधि गरिरहेको छ ।
माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे छ, जसकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन!
— Surya Thapa (@ThapajiSurya) April 3, 2021
साथमा न पार्टी,न चुनाव चिन्ह,न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाकाे सर्वनाशकाे बाटाे त्यागी संयमित हुन जरूरी छ। नभए विजाेग हाेला है !