
मोरङमा स्व. गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
विराटनगर ब्याडमिन्टन क्लबद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिए । प्रतियोगितामा ६ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
१७ वर्षमुनिका छात्रछात्रा, ४५ वर्षमाथि र ५५ वर्षका पुरुष एकल तथा महिला एकलबीच प्रतिस्पर्धा हुनेछ । विजेताले नगद २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद १५ हजार र तेस्रोले जनही १०/१० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खुला प्रतियोगितामा सबै खेलाडीले भाग लिनसक्ने संयोजक डाँगीले बताए । क्लबले गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ ।