२३ असार २०८३, मंगलबार

गोकूल बाँस्कोटाको प्रश्न : सरकार कसरी कामचलाउ भयो ?

गोकूल बाँस्कोटाको प्रश्न : सरकार कसरी कामचलाउ भयो ?

नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकूलप्रसाद बाँस्कोटाले सरकार कसरी कामचलाउ भयो भनेर प्रश्न गरेका छन् ।

सोमवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले विश्वासको मत फिर्ता नलिई सरकार कामचलाउ नहुने तर्क गरे ।

बाँस्कोटाले भने, ‘समर्थन आफू फिर्ता गर्न नसक्ने गठबन्धन सरकारको एजेण्डा प्रस्तुत गर्न नसक्ने सरकारलाई कामचलाउ भन्ने सरकार कसरी कामचलाउ भयो ?’

संसदलाई बन्दी बनाएर अगाडि बढ्न नसकिने बताउँदै बाँस्कोटाले प्रधानमन्त्रीमाथिको विश्वासको मत पहिले फिर्ता गर्दै सरकारको हैसियतबारे बोल्न सुझाव दिए ।

बाँस्कोटाले भने, ‘राजनीतिको मैदान खुला छ, संसदलाई बन्दी बनाएर हामी अघि बढ्न सक्दैनौं । आफैं अड्काउने, आफैं पड्काउने काम बन्द होस् ।’

salt training

कमेन्ट गर्नुहोस्