१३ असार २०८३, शनिबार

इन्डोनेसिया नजिक चीनको अन्डरवाटर ड्रोन भेटिएपछि हंगामा

बैशाख १५, २०७८
इन्डोनेसिया नजिक चीनको अन्डरवाटर ड्रोन भेटिएपछि हंगामा

इन्डोनेसियाको सेलायार टापुमा १५ दिनअघि फ्लोरेस नदीमा चिनियाँ अन्डरवाटर ड्रोन भेटिएपछि इन्डोनेसियामा हंगामा मच्चिएको छ । 

दक्षिण सुलावेसीमा रहेको सेलायार टापुमा चिनियाँ जलक्षेत्रभन्दा निकै पर यस्तो अन्डरवाटर जासूसी यन्त्र भेटिँदा चीनले सक्रिय रूपमा जासूसी गरिरहेको देखिएको छ । 

यो दक्षिण चीन सागरलाई हिन्द महासागरसँग जोड्ने एक मात्र डीपवाटर च्यानल हो ।

दक्षिण चीन सागरमा भएका विवादमा इन्डोनेसिया नपरेको भए पनि बेइजिङले विगतमा इन्डोनेसियाको एक्सक्लुसिभ इकोनोमिक जोन पर्ने क्षेत्रका सामुद्रिक भागमा अधिकार दाबी गरेको छ । यो जलक्षेत्र पश्चिमी अस्ट्रेलियाको उत्तरतर्फ जोडिने महत्त्वपूर्ण शिपिङ लेनको पनि नजिक छ । 

यसै क्षेत्र हुँदै पश्चिम एसियाबाछ तेलका ट्यांकरहरू चीन पुग्ने गर्छन् । यसैमार्फत सिंगापुरले प्रशोधित इन्धन अस्ट्रेलिया पठाउने गरेको छ । 
 

स्थानीयहरूबाट प्राप्त तस्वीरमा यो ड्रोन पंखा भएको ट्युब जस्तो देखिन्छ । यस्ता ड्रोनमा अनेकौं सेन्सर तथा लामो दूरीका ट्रान्समिटरहरू रहने गरेको इतिहास छ । 

यी ड्रोनहरू चीनकै हुन् भने जलसेनाको पनडुब्बीका लागि महत्त्वपूर्ण सूचना संकलन गरिरहेको हुन सक्ने देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्