×

NMB BANK
NIC ASIA

सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने देखेपछि प्रदेशसभा अधिवेशन अन्त्य

चैत २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ सरकार गठनका लागि सत्ताइतर राजनीतिक दलहरू एकजुट भएपछि सरकारले ६ दिनमै हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णयमा पुगेको छ ।

Muktinath Bank

लुम्बिनी प्रदेश सरकारले भोलि मंगलवार राति १२ बजेदेखि प्रदेशको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाएपछि स्थगित भएको प्रदेशको हिउँदे अधिवेशन चैत १८ गतेदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन शुरू भएको थियो । 

Vianet communication
Laxmi Bank

प्रवक्ता चौधरीले भने, ‘बैठक बसेर मात्र के गर्नु ? बिजनेश पनि छैन । त्यसैले अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको हो ।’

चौधरीले सरकार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको बताए । उनले भने, ‘केही मन्त्रालयको पर्फर्मेन्स राम्रो नभएपछि मन्त्रालय थप गरी जिम्मेवारी हेरफेर गर्ने निचोडमा सरकार पुगेको छ । केही दिनमा त्यसको संकेत आउँछ ।’ 

नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी हस्ताक्षर संकलनमा जुटेका छन् । एमाले प्रवेश गरेका २ सांसदलाई कारवाही गर्ने तयारीसँगै लुम्बिनीमा नयाँ सरकारको शुरू भएको छ । ८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् । 

जनता समाजवादी पार्टी (जसपा) प्रमुख सचेतक सन्तोष पाण्डेयले नयाँ सरकार गठनका लागि सत्ताइतर शक्तिहरू छलफलमा जुटेको जानकारी दिए । उनले भने, ‘हामी निरन्तर छलफलमै छौं । निचोडमा पुगेका छनौं । अब प्रदेशका केही नयाँ संकेत देखिन्छ ।’

लुम्बिनी प्रदेशमा पनि ‘किङमेकर’ जनता समाजवादी छ । जसपा सत्तापक्ष र प्रतिपक्ष दुवैको तानातानमा छ ।

मुख्यमन्त्री शंकर पोखरेललाई सरकार जोगाउन ४४ मत आवश्यक पर्छ । एमालेकै २ जना प्रदेशसभा सदस्य माधव नेपाल समूहमा छन् । माओवादीका २ जना प्रदेशसभा सदस्यले माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् । अर्को दल प्रवेश गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले पनि कारबाही गर्दै कारबाही गरेको जानकारी प्रदेश सभामा दर्ता गरिसकेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले आफूहरू छलफलमा जुटेको जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x