०८ असार २०८३, सोमबार

नेपालमा कोरोनाको नयाँ भेरियन्टप्रति बेवास्ता, सीमा नाकाबाट  फैलिँदै

चैत २४, २०७७
नेपालमा कोरोनाको नयाँ भेरियन्टप्रति बेवास्ता, सीमा नाकाबाट  फैलिँदै

नेपालमा पछिल्लो समय देखा  परेको  कोरोना  भाइरस  (कोभिड–१९)को  यूके  भेरियन्टको  भाइरसले  पहिले  देखिएभन्दा  बढी  सङ्क्रमण  फैलाइरहेको  पाइएको  छ  । 
 यो  भाइरसको  भेरियन्ट  भारतबाट  सीमा  नाका  हुँदै  नेपाल भित्रिएको हो । भारतका  मुख्य  सहर  मुम्बईमा  सङ्क्रमण  फैलिएपछि अहिले कफ्र्युसम्म लगाउने अवस्थामा पुगेको छ । भाइरस सङ्क्रमण रोक्न अन्य मुख्य प्रान्तका  सहरमा  पनि  कफ्र्यु  लगाइएको  छ , तर  नेपालमा यस भाइरसप्रति बेवास्ता गर्ने क्रम बढेकाले पनि दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । 
 हाल  देखिएको  भाइरसको  सर्ने  क्षमतालाई  मानिसले नै बढावा दिइरहेको उनले बताए । उनले भने, “जुन स्वरूपको भाइरस भए पनि सावधानी छाड्नु हुन्न थियो तर जमघट गर्ने, मास्क नलगाउने,  हिँडडुल  बढी  गर्न  थालेकाले  समस्या  बढ्दै छ ।” गोरखापत्रमा खबर छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्